news-details
समाज

Share this post!

नारी दिवसको अवसरमा सूर्यविनायक नगरपालिको सरसफाई कार्यक्रम 

भक्तपुर । अन्तराष्ट्रिय नारी दिवस अवसरमा सूूर्यविनायक नगरपालिकाले सरसफाई कार्यक्रमको आयोजना गरेको छ । यो वर्षको दिवसको नारा “महिलाको सुरक्षा सम्मान र रोजगारः समृद्ध नेपालको आधार” रहेको छ ।  १११औं अन्तराष्ट्रिय नारी दिवस को अवसरमा सूर्यविनायक नगरपालिकाले सूर्यविनायकमा रहेको गणेश मन्दिरको सरसफाई गरेको हो । सो अवसरमा नगर प्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत,  वडा अध्यक्षलगायतको उपस्थित रहेको थियो ।