Share this post!
-उपेन्द्र ढकाल
भक्तपुर । चाँगुनारायण नगरपालिका २, दुवाकोटमा रहेको त्रिपूरा सुन्दरी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा १ सय ७९ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । डाक्टर इवामुरा अस्पतालको सहकार्यमा उक्त शिविर आयोजना गरिएको संस्थाका अध्यक्ष मनोज के.सीले जानकारी दिनुुभएको छ । ''केही समय अघि आफ्ना सदस्यहरुलाइ इवामुरा अस्पतालमा विशेष छुटको सम्झौता गरेको सहकारीले सेवाग्राही तथा स्थानियले प्रत्यक्ष अनुभूति गर्ने स्वास्थ सम्बन्धी क्रियाकलापलाई प्राथमिकतामा राखेको छ,'' अध्यक्ष केसीले भन्नुुभयो ।