Share this post!
भक्तपुर । चाँगुनारायण नगरपालिकाको बास्तोलागाउँमा रहेको होमस्टे कोरोना भाईरसको प्रकोपपछि पून पाहुना राख्न तयार भएको छ । सोही क्रममा नयाँ घर (होमस्टे युनिट)को चाँगुुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्नु भएको थियो । बास्तोलागाउँ होमस्टे कोभिड-१९ पछि अझ व्यवस्थित तवरले पाहुना राख्न तयार रहेको अध्यक्ष सुरज बास्तोलाले जानकारी दिनुु भएको छ ।