news-details
समाचार

Share this post!

मेलम्चीको पानीः कृष्ण प्रसादको सपना साकार पार्ने खड्ग प्रसाद

काठमाडौं । वि.सं २०४८ सालको निर्वाचनको चुनावी घोषणामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँमा मेलम्चीको पानी ल्याउने घोषणा गरेका थिए । त्यस यताको निर्वाचनमा मेलम्ची खानेपानी सबै दलको साझा एजेण्डा बन्ने गरेको थियो । हाल आएर प्रधानमन्त्री खड्ग प्रसाद ओली (केपी)ले भट्टराईको सपनालाई पुरा गरिदिन’ु भएको छ । बर्षौको प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं आइपुगेको छ । शनिबार साँझ काठमाडौंको सुन्दरीजलमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेपछि मेलम्चीको पानी काठमाडौं प्रवेश गरेको हो । यसअघि फागुन १० गते दोस्रोपटक सुरुङमा हालिएको थियो । झण्डै दुई दशकअघि सुरु भएको आयोजनाको काम अब अन्तिम चरणमा छ । आगामी चैत्रभित्रै काठमाडौंका बासिन्दा मेलम्चीको पानी उपयोग गर्न पाउने आयोजनाले जनाएको छ ।आज सुन्दरीजलमा पानी झरेपनि फोहोर भएका कारण बागमतीमा झारिएको छ ।