news-details
अन्तरास्ट्रिय

Share this post!

४१ खर्ब लिएर सम्बन्धविच्छेद, फेरि दोस्रो विवाह ! 

एजेन्सी । संसारका सर्वाधिक धनाढ्य जेफ बेजोसकी पूर्व श्रीमती म्याकेन्जी स्कटले एक हाइस्कूल साइन्स टिचर डेन ज्यूवेटसँग विवाह रचाएपछि चर्चामा छिन् । जेफ बेजोससँग सम्बन्धविच्छेद पछि म्याकेन्जीले ३५.६ बिलियन डलर (४१ खर्ब रुपैयाँ) को सेयर पाएकी थिइन् । उनले दोस्रो विवाह गरेको खबर उनका नयाँ श्रीमानले पुष्टि गरेका हुन् । स्कटको अमेजन बायोग्राफी पनि अपडेट गरिएको छ । यसमा लेखिएको छ, ‘उनी सिएटलमा आफ्ना चार सन्तान र श्रीमान् डेनसँग बस्छिन् ।’ द वाल स्ट्रिट जर्नलले पनि यी दुईले विवाह गरेको समाचार प्रकाशित गरेको छ ।   सन् २०२१ मा आइपुग्दा उनको कूल सम्पत्ति ५० अर्ब अमेरिकी डलर्सभन्दा पनि बढी भइसकेको छ र उनी संसारकी तेस्रो सर्वाधिक धनी महिला हुन् ।