news-details
समाचार

Share this post!

हनुमन्ते खोला करिडोर पीडितले दिए यस्तो चेतावनी

भक्तपुर । हनुमन्ते खोला करिडोर विस्तारको काम रोक्ने स्थानीय पीडितहरुले चेतावनी दिएका छन् । राज्यले उचित क्षतिपूर्ती नदिए आफुहरु काम रोक्न बाध्य हुने उनीहरुको भनाई छ । 
सोमबार मध्यपुरथिमिमा पत्रकार सम्मेलन गर्दै हनुमन्ते करिडोर पीडित समितिका संयोजक ओम प्रकाश श्रेष्ठले भने “करिडोर निर्माणकालागि जग्गा प्राप्ति गर्न कानुन बमोजिम स्थानीय मुल्य अनुसारको मुुआब्जा र क्षतिपूर्तीको व्यवस्था हुनुु पर्दछ ।”करिब ११ किलोमिटर सडक विस्तार गर्दा ९ सय ५० रोपनी जमिन पर्ने भएकाले धेरैको उठिबास लाग्ने श्रेष्ठको भनाई रहेको छ । किसानले गरि खाने खेत मासिने भएकोले उचित व्यवस्था हुनु्पर्ने उनीहरुको माग छ । नेपाल संविधानद्वारा प्रदत्त सम्पत्ति सम्बन्धी हकको संरक्षण गर्दै अधिग्रहण गरिने जग्गाको क्षतिपूर्ति र मुआब्जा प्रयोजनका लागि सिमाङकन तथा नक्साकन हुनुु पर्ने पीडित स्थानीयहरुको माग रहेको छ । “कानूनी ढंगले जग्गा अधिहण गरी जग्गा एकिकरण गर्ने काम यथासिघ्र हुनुु पर्दछ, ” संयोजक श्रेष्ठले भने । हनुमन्ते खोला करिडोर क्षेत्रमा विकास निर्माणको कार्य गर्दा हनुमन्ते करिडोर पीडितहरुलाई सहभागी गराउनुका साथै सहमति लिनुु पर्ने उनीहरुको माग रहेको छ । हनुमन्ते खोलाको बाहवक्षेत्र घटाउने तथा परिवर्तन गर्ने कार्य बन्द गर्नु पर्ने र पीडितले राखेका मागहरु पूरा नभएमा जस्तोसुकै कदम चाल्न बाध्य हुने भन्दै उनीहरुले सम्बन्धती निकयालाई चेतावनी दिएका छन् । केही स्थानमा २०२१ सालको नापी नक्सा अनुसार खोलाको बहाव परिवर्तन गरेपनि सबै स्थानमा सो कुरा लागूनभएकाले आफुहरु सशंकित भएको पीडित समितिका संल्लाहकार सुरेन्द्र श्रेष्ठले बताए ।