news-details
समाचार

Share this post!

विप्लव र रेखा थापाबीच भेटघाट  

काठमाडौँ । नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् । केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे चासो हुनु स्वाभाविक हो । उसो त सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि रेखाले विरोध समेत गरेकी थिइन् । यहीबीचमा उनको भेटवार्तालाई लिएर विभिन्न आकलन र टिकाटिप्पणी भइरहेको बेला रेखाले ‘विप्लव’सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहर्ने आग्रह गरेकी छन् । ‘‘विप्लव’सँग मेरो भेट एउटा कलाकार र राजनीतिक नेता बीचको भेट मात्र हो’ रेखाले भनिन् ‘भेटमा राजनीतिक भन्दा पनि ब्यक्तिगत र कला क्षेत्रको बारेमा हामीले कुरा गर्यौँ ।’ कलाकारका हिसावले सबैसँग आफ्नो भेटघाट हुने र गर्ने गरेको समेत रेखाले सुनाइन् । ‘म एक राजनीतिक पार्टीको नेतृ हुनु अगाडि कलाकार र समाजसेवी पनि हुँ’ रेखाले थपिन् ‘सोही हिसावले ‘विप्लव’सँग भेटेकी हुँ ।’