news-details
राजनीति

Share this post!

मोरङ नेकपा कार्यालयमा पनि एमालेको बोर्ड राखियो 

विराटनगर । सर्वोच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले विराटनगरमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् ।विराटनगर महानगरपालिका–११ पाञ्चालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय थियो । नेकपा विभाजनपछि सो कार्यालयमा ओली समूहले गतिविधि गर्दै आएको थियो ।
सर्वोच्चको फैसलापछि सोमबार मदन स्मृति भवनमा नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको छ । पार्टी एकताअघि सो कार्यालय नेकपा एमालेको नै थियो ।