news-details
समाचार

Share this post!

नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका कटुन्जे भक्तपुरमा नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित प्रतियिोगितामा नगरपालिकाका विभिन्नि वडाबाट १५ जना प्रतियोगिहरु सहभागी भएका थिए । महिलाको सम्मान, सुरक्षा र सम्मान र रोजगार, संम्वृद्ध नेपाल को आधार भन्ने बिषयमा बक्तृत्वकला आयोजना भएको थियो । वडा न. १ की यसोदा भट्टाराई पौडेल प्रथम, वडा नम्बर ५ की इन्दिरा निरौला  दोस्रो भएकी थिइन । ७ नं की सम्झना केसीले तेस्रो स्थान प्राप्त गरेकी थिइन् भने  सान्तोना पुरस्कार सुभलक्मी श्रेष्ठ र चन्द्रमा श्री बरालले प्राप्त गरेका छन् । 
प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, दोस्रोले ७, तेस्रोले ५ र सान्तोना पुुुरस्ुकार प्राप्त गर्नेले नगद ३ हजार प्राप्त गरेका छन् । सो कार्यक्रम सामाजिक बिकास समितीका संयोजक किरण थापाको अध्यक्षतामा, नगर प्रमुख बसुदेव थापाको प्रमुख अथित्यता, उपप्रमुख जुना बस्नेतको विशेष आथित्यमा सम्पन्न भएको छ । कार्यक्रममा वडा अध्यक्षहरु लगायत कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रम नगरपालिकाको महिला शाखा प्रमुख रन्जना पोखरेल ले संन्चालन गरेकी थिइन् ।