news-details
समाचार

Share this post!

अर्घाखाँचीमा जिप दुर्घटना ७ जना घाइते

बुटवल । अर्घाखाँचीको सन्धिखर्कमा डबल क्याव बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीअनुसार  सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सदमुकाम बजारतर्फ आउँदै गरेको लु. १ ज ४५३८ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा एक चालक र ६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए । जिप सडकबाट २५ मिटर तल खसेको प्रहरीको भनाई छ । घाइते केहीको सन्धि खर्कमा उपचार भइरहको छ भने केहीलाई बुटवल ल्याइँदै गरिएको प्रहरीले जानकारी दिएको छ ।