news-details
समाचार

Share this post!

भक्तपुरका प्रमुख जिल्ला अधिकारी भने 'अनावश्यक भिडभाड गरे कारबाही गर्छौ '

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोना संक्रमण बढेकाले अनावश्यक भिड् नगर्न निर्देशन दिएका छन् । कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कोरोना संक्रमण दरमा वृद्धि भएको भन्दै भिडभाड नगर्न आग्रह प्रमुख जिल्ला अधिकारी आग्रह गरेका हुन् । 
युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक देखिएको उनको भनाई छ । 

गृह मन्त्रालयको पत्र तथा स्वास्थ्य मन्त्रालयबाट पत्र अनुसार जिल्लामा भिडभाड र मेला महोत्सव गर्नु उचित नदेखिएको कार्यालयको भनाई छ । ‘कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्न भिडभाड हुने गरि कुनै किसिमको मेला,जात्रा,साँस्कृतिक कार्यहरु लगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन सम्बन्धित सबैमा जिल्ला अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ । स्वास्थ्य युनिटहरुलाई समेत आवश्यकताअनुसार तत्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने तथा सोका लागी आवश्यक समन्वय जिल्ला स्वास्थ्य कार्यालयले गर्ने प्रमुख जिल्ला अधिकारी भट्टराई जानकारी दिए । कोभिड–१९ को जोखिमबाट बच्न नेपाल सरकारबाट जारी भएका स्वास्थ्य सुरक्षा लगायतको मापदण्ड पालना गर्न सबैलाई अनुरोध गर्ने तथा मापदण्ड उल्लघंन गर्नेहरुलाई संक्रामक रोग, २०२० बमोजिम कारवाही गर्ने कार्यालयको भनाई छ ।  फागु पूर्णिमा (होली) को अवसरमा भिडभाड हुन नदिन स्वास्थ्य तथा सुरक्षा सम्बन्धि मापदण्डको पालना गरेर मात्र सुरक्षित रुपमा पर्व मनाउन आग्रह गरेको छ । संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।