Share this post!
काठमाडौं । फिल्म निर्देशक भोमन कटुवाल सवारी दुर्घटना परेका छन् । बुधबार कुपण्डोलबाट कलंकीस्थित नेपाल नेशनल अस्पतालमा राखिएको सुटिङमा जाने क्रममा उनी मोटरसाइकल दुर्घटनामा परेका हुन् ।साइकल सवार एक व्यक्तिले अचानक बाटो काटेपछि उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको कलाकार प्रमोद अग्रहरीले जानकारी दिए । कटुवाललाई घुँडामा गहिरो चोट लागेको छ । उनको उपचार सुटिङ भइरहेकै नेपाल नेशनल अस्पतालमा गरिएको छ । कटुवालको आज घुँडाको अपरेशन गरिँदैछ । फिल्मको सुटिङ आज पनि नेपाल नेशनल अस्पतालमा राखिएको छ । राकेश रनपालको कथा, निर्देशक कटुवाल र आकाश उखेडाको पटकथा तथा संवाद रहेको फिल्ममा मोहन कुमार झिल्लुको छायाँकन, अनिलकुमार महर्जनको सम्पादन, राजु किराँतको द्वन्द्व, र सुरेश गैरेको सङ्गीत रहनेछ । फिल्मका निर्माता प्रह्लाद काफ्ले हुन् ।