news-details
समाचार

Share this post!

युट्युब हेरेर नक्कली नोट उत्पादन

काठमाडौं । नक्कली नोट बनाइरहेको अवस्थामा प्रहरीले कीर्तिपुर नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ। गएराति कीर्तिपुरस्थित समल टोलबाट ३५ वर्षीय गनबहादुर लोप्चन र ३९ वर्षीया माया तामाङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले जानकारी दिए। लोप्चनको योजनामा केही सातादेखि कीर्तिपुरमा कोठाभाडा लिएर नक्कली नोटको कारोबार गरेको प्रहरीले जानकारी दिएको छ। लोप्चनले युट्युबमा रहेका सामग्री हेरेर नक्कली नोट बनाउन सिकेको र कारोबार गरेको खुलेको छ। हामीसँग उसले युटुबबाट हेरेर फोटोकपी मेसिन किनेर छापेको बताएको छ,'' एक प्रहरी अधिकृतले सुनाए। लोप्चनले न्युरोडबाट १९ हजार रुपैयाँमा फोटोकपी मेसिन र आवश्यक पर्ने अन्य कागज किनेर ७र८ दिनदेखि नक्कली नोटको कारोबार गरेको प्रारम्भिक बयान दिएका छन्। पक्राउ परेका लोप्चन यसअघि मिस्त्रीका रुपमा काम गर्दै आएको खुलेको छ। आर्थिक अवस्था निकै नाजुक भएपछि नक्कली नोटको कारोबारमा लागेको उनले प्रहरीलाई बताएका छन्।