news-details
अर्थतन्त्र

Share this post!

पशुपन्छीजन्‍य उत्पादनमा नेपाल आत्‍मनिर्भर 

काठमाडौं । पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक घोषणा भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज जावलाखेलमा आयोजित एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरेका हुन्‌। धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने गरेको मन्त्रालयले दाबी गरेको छ। नेपालमा धुलो दूध ३ हजार मेट्रिकटन माग रहेको र उत्पादन ३ हजार ४ सय मेट्रिकटन भइरहेको मन्त्रालयको तथ्यांक छ। यस्तै, घिउ १२ सय मेट्रिकटन उत्पादन हुने गरेको र सबै खपत हुने गरेको पनि मन्त्रालयले जनाएको छ। हाल नेपालमा वार्षिक ४ लाख ५० हजार मेट्रिकटन मासु उत्पादन हुने गरेको छ। कुखुरा, खसी, बंगुर र राँगाको मासु बढी खपत हुन्छ। यी पशुपन्छीको मासुमा नेपाल आत्मनिर्भर रहेको विभागीय मन्त्रालयको दाबी छ। वार्षिक ३३ लाख खसीबोकाको मासु नेपालमा खपत हुने गरेको छ। यस्तै, दैनिक १० लाख किलो कुखुराको मासु खपत हुन्छ।