Share this post!
काठमाडौँ । विवादमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक (एसपी) आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । एसपी तिम्सिनालाई प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तिम्सिना पुष २१ मा सिन्धुली सरुवा भएका थिए । सरुवा भएको गएको तीन महिना नपुग्दै लगातार विवादमा परेको भन्दै उनलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । उनको ठाउँमा एसपी गोविन्द थपलियालाई सरुवा गरिएको छ । उनी सर्वोच्च अदातलको सुरक्षा कार्यालयमा कार्यरत थिए ।