Share this post!
काठमाडौं । आज ज्योति लाइफ इन्सुरेन्सको आइपीओ केही बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार ज्योति लाइफको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड हुने कार्यक्रम छ । ज्योती लाइफको आइपिओमाकुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सर्वसाधारणलाई बिक्री गरिएको ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १२ लाख १० हजार भन्दा धेरैको हात खाली हुनेछ ।