news-details
स्वास्थ्य

Share this post!

भक्तपुर इन्टरनेशनल हस्पिटल संचालनमा

-दिपा दाहाल
भक्तपुर । भक्तपुर इन्टरनेशनल हस्पिटल संचालनमा आएको छ । मध्यपुर थिमि न।पा वडा नं - ३ कौशलटारमा भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा.लि संचालनमा आएको हो । विहिबार भएको पत्रकार भेटघाट कार्यक्रममा  अस्पतालका  मेडिकल निर्देशक डाक्टर रामकृष्ण श्रेष्ठले भक्तपुर जिल्ला स्वास्थ्यको हिसाबले पछाडी परेकाले अस्पताल संचालन गरेको बताए । सबै जनताको  पहुँचमा स्वास्थ्य सेवा पुर्याउन अस्पतालको आरम्भ गरेको उनको भनाई छ । ''हिजोका दिनहरुमा सिटि स्क्यान, एम.आर.आइ, जस्ता सेवा पाउन भक्तपुरवासीहरु काठमाडौँ, ललितपुर नै धाउने अवस्था थियो तर, अब छिटै त्यो सेवा भक्तपुर जिल्लामा पनि आउँदै छ ''डाक्टर श्रेष्ठले भने । अस्पताले मुटु रोगी, हाड जोर्नी सम्बन्धि रोगीहरुलाई केन्द्रित गर्दै अन्य रोगहरुको उपचारपनि गरिने अस्पतालले जानकारी दिएको छ । हाड जोर्नी तथा नशा रोग उपचार सेवा, स्त्री रोग उपचार, बालरोग उपचार, दन्त रोग उपचार, चर्म तथा यौन रोग उपचार, नाक, कान घाटीलगायतका रोगहरुको उपचार अस्पतालमा हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 
  
अस्पतालमा उपचार गर्न आउने जेष्ठ नागरिक, विपन्न वर्गका मानिसहरुलाई विशेष आर्थिक सहुलियत व्यवस्था पनि मिलाइएको अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिए । अस्पतालका संचालक अशोक कुमार श्रेष्ठले अस्पतालमा भक्तपुर जिल्लामै अन्य अस्पतालमा नभएको स्वास्थ्य सुविधाहरु यस अस्पताले दिने दाबी गरेका छन् । अस्पतालको मुख्य उद्देश्य भनेकै यो जिल्लाका बिरामीले  उपचारका लागि  अन्यत्र जादाँजादै बाटोमै ज्यान गुमाउने अवस्था नआओस् भन्ने रहेको संचालकको भनाई छ । अस्पतालले संचालन गर्ने  एम्बुलेन्स क वर्गको हुुने जसमा नेपाल सरकारले तोकेको सम्पूर्ण मापदण्ड लागू हुने अस्पतालले जानकारी दिएको छ ।