news-details
समाचार

Share this post!

ग्यास पड्किएर घाइते होटल संचालकको मृत्यु

-उपेन्द्र ढकाल
भक्तपुर । ग्यासको सिलिण्डर पड्किएर गम्भिर घाइते भएका एक होटल संचालकको मृत्यु भएको छ । यहिँ चैत ८ गते सूूर्यबिनायक नगरपालिका वडा नं. ५ सृजनानगरमा संचालन रहेको भिमेश्वर मःम एण्ड चिकेन हाउसमा संचालक टिकाराम बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । होटलमा खाजा बनाउने क्रममा ग्याँसको सिलिण्डर पड्केर होटल संचालक बस्नेत र ग्राहकहरु समेत ६ जना घाईते भई उपचारार्थ डा ईवामुरा अस्पताल लगिएको थियो । सामान्य उपचार पश्चात थप उपचारकोलागी किर्तीपुर बर्न सेन्टर अस्पताल लगिएकोमा उपचारकै  आज बिहान होटल संचालक दोलखा सैलुङ गाउँपालिका ६ घर भई हालसुर्यबिनायक नगरपालिका ४ दधिकोट, बस्ने बर्ष ३९ बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त घटनामा घाइने अन्य ५ जना घाईतेको उपचार भईरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले जानकारी दिएका छन् ।