Share this post!
काठमाडौ । निर्देशक तथा निर्माता रन्जिता सिवाकोटीको सट् फिल्म 'दि ओरिजीन'को सार्वजनिक भएको छ । यो फिल्म मुभि मण्डला च्यानलमा रिलिज भएको हो । सागर भट्टद्वारा लिखित एउटा साई-फाई फिल्म भएको निर्देशक शिवाकोटीले बताइन् । निर्देशन सहायता आकाश उखेडाले गरेको छन् । छायाँकन मोहन कुमार (झिल्लु)ले गरेका हुन् । यस फिल्ममा प्रमुख भुमिकामा ७ बर्षका बाल कलाकार ईभ भट्ट र ईभा भट्ट एन्टागोनिस्टको भुमिकामा ७ बर्षकै क्रमिक कुईँकेल छन् । फिल्ममा अन्य बाल कलाकारहरू प्रियान्शु ऐर, सुयोम भण्डारी, सोया पाण्डे, राइजा रजक, जेनिसा बानियाँ, सुदिप भण्डारी, रायन पाहारी, रियान पाहारी, सन्जिला खड्का, आर्जु खड्काको पनि भुमिका देख्न सकिन्छ।
फिल्म हेर्नुुहोस्