news-details
समाचार

Share this post!

विप्लवका जिल्ला सदस्य पक्राउ 

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बिहीबार राति सदरमुकामबाट सक्कल भन्ने सागर लिम्बुलाई पक्राउ गरेको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। उनका अनुसार लिम्बु गत वर्ष परेको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका हुन्। अदालतले नै पक्राउ पुर्जी जारी गरिसकेको हुँदा पक्राउ गरेको पोखरेलले बताए। उनीविरूद्ध विस्फोटक पदार्थको मुद्दामा अदालतबाट पक्राउ पुर्जी आएको थियो। हिजो हामीले पक्राउ गरेर उहाँलाई अदालतमा बुझाएका छौं। अदालतले केही आदेश देला, प्रहरी निरीक्षक पोखरेलले भने।उनलाई शुक्रबार जिल्ला अदालत ताप्लेजुङमा उपस्थित गराएको उनले बताए।