news-details
अन्तरास्ट्रिय

Share this post!

बंगलादेशमा मोदीको विरोधः अहिलेसम्म १३ जनाको मृत्यु

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा प्रदर्शन हुँदा मारिने सर्वसाधारणको संख्या १३ पुगेको छ । अतिवादी धार्मिक समूह हिफाजत ई  ईस्लामले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा आइतबार थप दुुई जना मारिएका हुन् । बंगलादेशको ५० औं स्वतन्त्रता दिवसका अवसरमा मोदीलाई प्रमुख अतिथीका रुपमा निम्त्याइएपछि यो समूह आक्रोशित बनेको थियो । भारतमा मुस्लिम समुदायमाथि दमन गर्ने मोदीलाई प्रमुख अतिथीका रुपमा निम्त्याउनुु गलत भएको भन्दै उसले सरकारको विरोधमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर शुक्रबार ५ र शनिबार ६ जनाको मृत्यु भएको थियो ।  

१६ करोड ८० लाख जनसंख्या रहेको बंगलादेशमा पछिल्ला दिन धेरै स्थानमा निरन्तर प्रदर्शन भइरहेको छ र यसैक्रममा आइतबार १९ वर्ष र २३ वर्षका दुुई युवा प्रहरीको गोली लागेर मारिएका हुन् । ‘प्रदर्शनकारीहरुले राजमार्गमा रहेको प्रहरी चौकीमा आक्रमण गरे । उनीहरुले जसलाई घेरा हालेर कम्तिमा ३५ प्रहरीलाई घाइते बनाएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो,’ प्रहरी प्रवक्ताले भनेका छन् ।  हिफाजतका समर्थक झन्डै ३ हजार प्रदर्शनकारीले राजमार्ग बन्द गरेको र प्रहरीलाई ढुुंगा र ईटाले हिर्काएको उनले जानकारी दिए ।