news-details
खेलकुद

Share this post!

नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । त्रिदेशीय कपको उपाधिका लागि आज नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बंगलादेश र कीर्गिस्तान यु–२३ सहभागी प्रतियोगिताको फाइनल आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे हुनेछ।  लिग चरणमा चार अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाउँदा दुई अंक जोडेको  नेपाल दोस्रो स्थानमा रहेर बंगलादेशसँगको भिडन्त पक्का गरेको हो। लिग चरणमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए।