news-details
अर्थतन्त्र

Share this post!

दैनिक २० किलो सुन आयात गर्न दिने तयारी 

काठमाडौं । सरकारले सुन आयातको कोटा बढाएर कोभिड अघिकै अनुपातमा पुर्‍याउने भएको छ। कोटा बढाएर दैनिक २० किलोसम्म पुर्‍याउने तयारी भइरहेको हो। कोटा थोरै भएकाले कारोबारमा समस्या भएको भन्दै व्यवसायीहरूले सरकारलाई गुनासो गर्दै आएका छन्। बजार माग बढ्न थालेपछि वाणिज्य मन्त्रालयले सुनको आपूर्ति पुरानो लयमा गर्ने तयारी गरेको हो। सुनको आयात कोभिड अघिको अनुपातमा गर्ने भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए।  तयारी भइरहेको हो। बजारमा माग रहे पनि तत्कालै नयाँ कोटा बढिहाल्ने अवस्था छैन। कोभिड अघिको अनुपातमा कोटा पुर्‍याउने तयारी छ, उनले भने। यतिबेला कोभिड नियन्त्रण भएर जनजीवन पुनः पुरानै लयमा फर्कन थालेको छ। यसैका आधारमा थप सुनको आपूर्तिका लागि  नयाँ कोटा कायम गर्नु भन्दा कोभिड अघि गाइडलाइनले तोकेको कोटालाइ कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी उनले दिए। ुजसले गर्दा सुनको आयात पनि पुरानो लयमा गर्न लागिएको हो, उनले भने।गत वर्ष कोभिड सुरु भएपछि करेन्सी रिजर्भलाइ संकटमा पर्न नदिनका लागि वाणिज्य मन्त्रालयले आयात भइरहेको सुनको कोटा २० केजीबाट घटाएर १० केजीमा कायम गरेको थियो। हाल बजारमा १० केजी सुनले नपुगेपछि व्यवसायीहरुले कोटा बढाउन माग गरिरहेका छन्। यस विषयमा छलफल जारी रहेको हुँदा चाडै नै २० केजी सुनको कोटा कार्यान्यन गर्ने निर्णय हुने सहसचिव दाहालले जानकारी दिए ।