news-details
अन्तरास्ट्रिय

Share this post!

प्रधानमन्त्रीले श्रीमतीको आँखा छलेर प्रेमिकासँग मस्ती गरेको आरोप

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले श्रीमतीको आँखा छलेर आफुुसँग शारिरिक सम्पर्क राखेको आरोप जेनिफर आर्करीलेलगाएकी छिन् । ३६ वर्षीय अमेरिकी व्यवसायी आर्करीका अनुसार उनी २०१२ देखि २०१६ सम्म जोनसोनसँग प्रेममा थिइन्, जतिबेला जोनसोन  लण्डन शहरका मेयर थिए ।  आर्करीका  अनुसार जोनसनले एकपटक आफ्नी श्रीमती मारिना ह्विलर काममा छिन् भनेर प्रेमिकालाई घरमै बोलाएका थिए । उनीहरुले यहाँ सोफामा मस्ती गरे र आर्करी निस्किएको  १० मिनेटलगत्तै मारिना घर छिरिन् । 

‘यदी म १० मिनेट ज्यादा बसेको भए, सायद मारिना यहाँ आइपुुग्ने थिइन् । यो अवश्य राम्रो अनुुभव हुने थिएन,’ आर्करीले भनेकी छिन्,‘ हामी उनको घरमा सुत्यौं र केही हदसम्म यो रमाइलो पनि थियो । तर यो सही थिएन भन्ने मलाई पछि लाग्यो ।’ सन् २०१६ को सुरुवातदेखि भने सम्बन्धमा असहजता महसुस हुन थालेको आर्करीले बताएकी छिन् । त्यसअघि आफुले जोनसोनलाई न्युुड फोटो तथा अश्लिल सन्देशहरु पनि पठाउने गरेको उनले दाबी गरेकी छिन् । २०१६ को अन्त्यतिर भने माथियुु हिक्कीसँग आर्करी गहिरो प्रेममा थिइन् र यतिबेला उनी गर्भवती पनि भइसकेकी थिइन् । केही समयपछि उनले हिक्कीसँग नै बिहे गरिन् ।