news-details
अन्तरास्ट्रिय

Share this post!

आइफोन अर्डर गर्दा कफी टेबल आएपछि

एकजना किशोरले निकै सस्तो पाइयो भनेर अनलाइनमा आइफोन अर्डर गरे । जब उनले खरिद गरेको सामान घरमा आयो तब आइफोन भनिएको प्याकेट झण्डै आफूजत्रै अग्लो देखेर उनी छक्क परे । अझ उक्त प्याकेट खोलेर हेर्दा त उनी झण्डै बेहोस् । आइफोन भनेर खरिद गरेको त आइफोनकै आकारको कफी टेबल पो रहेछ ।यो घटना थाइल्याण्डमा भएको छ । स्थानीय इ(कमर्स प्लाटर्फमबाट ती किशोरले सस्तो आइफोन अर्डर गर्दा आइफोन आकारको कफी टेबल प्राप्त भयो । वास्तवमा यो बिक्रेताको गल्तीले नभई ती किशोरकै गल्तीले भएको हो ।अनलाइन प्लाटर्फममा जब उनले लक्जरी फोन निकै सस्तो मूल्यमा बिक्री भैरहेको देखे तब उनले तत्कालै दायाँ बायाँ नहेरी त्यहाँ रहेको द्यगथ बटन थिचिहाले । तर जब उनको सामान घरमा डेलिभर्ड भयो तबमात्र उनले आफूले गरेको गल्तीको महसुस गरे ।किन कि सामान अर्डर गर्नुअघि उनले केवल आइफोन भन्ने शब्दमात्र पढे त्यसपछिका शब्द तथा प्रडक्टको व्याख्या ध्यानपूर्वक पढेनन् ।उनले आफू र आफूले खरिद गरेको आइफोनको तस्वीर सोसल मिडियामा पोष्ट गरेका छन् । आइफोन आकारको टेबल नजिकै उनी उभिएको तस्वीर सोसल मिडियामा भाइरल बनेको छ ।