news-details
अन्तरास्ट्रिय

Share this post!

भेनेजुयलाका राष्ट्रपतिको फेसबुक पेज फ्रिज 

एजेन्सी । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको फेसबुक पेज फ्रिज भएको छ । कोभिड १९ सम्बन्धमा गलत जानकारीहरु फैलाएको भन्दै मदुरोको फेसबुक फेज निलम्बन गरिएको हो । फेसबुक प्रवक्ताका अनुसार आफ्नो पेजमा मदुरोले कुनै प्रमाणविना नै कोरोना भाइरसको उपचार तथा रोकथामका बारेको दाबीलाई प्रस्तुत गरेका थिए । गत जनवरीमा मदुरोले कार्भाटिभिर नामक झोल कोरोना भाइरसको चामत्कारिक औषधिको रुपमा रहेको र यसले कुनै पनि साइड इफेक्टविना नै कोरोना भाइरसलाई निस्तेज पार्ने भनेर आफ्नो फेसबुक पेजमा व्याख्या गरेका थिए । तर डाक्टरहरुले चाहिँ त्यस्तो दाबीलाई विज्ञानले पुष्टि नगर्ने बताएका छन् । कोरोना भाइरस लाग्नै नदिने तथा लागेपनि निको हुने औषधि दाबी गरिएको भिडियोलाई फेसबुकले मदुरोको पेजबाट हटाइदिएको छ । यसले कोभिड १९ सम्बन्धी फेसबुकको नीतिलाई उल्लंघन गरेको फेसबुकको भनाइ छ । फेसबुक प्रवक्ता भन्छन् हामीले विश्व स्वास्थ्य संगठनको निर्देशिका पालना गर्दछौँ जसले अहिलेसम्म कोरोना भाइरसको उपचार गर्ने कुनैपनि औषधि नभएको छ । हाम्रो नीतिलाई लगातार उल्लंघन गरेको हुँदा हामीले मदुरोको फेसबुक पेजलाई ३० दिनका लागि फ्रिज गरेका छौँ ।
यो सँगै एक महिनासम्म मदुरोको फेसबुक पेजमा कुनै पनि पोष्ट गर्न सकिने छैन र हेर्नमात्र मिल्नेछ ।

मदुरोले फेसबुकमा शेयर गरेको भिडियोमा कार्भाटिभिरलाई १९औँ शताब्दीका भेनेजुयलन डाक्टर जोसे ग्रेगोरियो हर्नान्डेजको चामत्कारिक थोपा भन्दै ती डाक्टर रोमन क्याथोलिक चर्चबाट दीक्षित रहेको र सो थोपालाई कोरोना भाइरसको रोकथाम र उपचारमा प्रयोग गर्न सकिने उल्लेख छ ।
गलत दाबी सहितको भिडियो मदुरोको फेसबुक पेजमा पोष्ट भएसँगै नीति उल्लंघनको विषयमा पेज एडमिनिष्ट्रिरेटरलाई सूचित गरिएको थियो । प्रवक्ताका अनुसार मदुरोको फेसबुक पेज एक महिनाका लागि फ्रिज गरिएको भए पनि इन्स्टाग्राम अकाउन्टमाथि चाहिँ कुनै कारबाही गरिएको छैन ।