news-details
राजनीति

Share this post!

ओलीको सर्कुलर– अब कसैलाई गुटगत रुपमा मान्यता दिइने छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विद्यमान गुटबन्दीविरुद्ध कठोर हुने संकेत गरेका छन् ।
उनले चैत १३ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा गुटबन्दीलाई कुनै हालतमा मान्यता नदिइने प्रस्ट पारेका छन् । ‘हामी विगतमा अलमलिएका, भड्काउपूर्ण चिन्तन र गतिविधिमा सङ्लग्न रहनुभएका साथीहरूलाई पार्टीमा फर्किन आह्वान गर्छौं,’ ओलीले अन्तरपार्टी निर्देशनमा भनेका छन्, ‘विगतका तिक्ततालाई बिर्सेर सबैलाई स्वागत गरिने छ । सबैलाई सम्मानपूर्वक काम दिइने छ, कसैप्रति पनि पूर्वाग्रह राखिने छैन ।’ उनले पार्टी भनेको गुटहरुको संयुक्त मोर्चा होइन भन्ने पनि प्रस्ट पारेका छन् । ‘पार्टी विचारमा आधारित संस्था हो, यो गुटहरुको संयुक्त मोर्चा होइन,’ अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘त्यसैले अब गुटबन्दीलाई कुनै हालतमा प्रश्रय दिइने छैन । अब कसैलाई गुटगत रुपमा मान्यता दिइने छैन ।’