news-details
समाचार

Share this post!

विद्युतीय चुल्होको प्रयोगमा वृद्धि हुदैं 

काठमाडौं । नियमित विद्युत आपूर्तिसँगै खाना पकाउने वैकल्पिक ऊर्जाको स्रोतका रूपमा विद्युतीय चुल्हो (इन्डक्सन तथा इन्फारेड) बन्न थालेको हो । वैकल्पिक ऊर्जाका रूपमा विद्युतीय चुल्होको प्रयोग बढेपछि यसको आयात हजारबाट लाखको संख्यामा हुन थालेको छ । जसले गर्दा ग्याँसको बिक्रीमा असर परेको छ । खाना पकाउने ग्याँसको आयातमा संकुचन देखिएको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै भारतबाट खरिद गरिने खाना पकाउने ग्याँसको आयात झण्डै २५ लाख किलोले घट्दा विद्युतीय चुल्होको आयात ४६९ गुणाले बढेको छ । आर्थिक वर्ष २०७६/७७ को आठ महिनामा ६९ लाख ५२ हजार रुपैयाँ बराबरको २५६ थान विद्युतीय चुल्हो आयात हुँदा चालु आवमा सो चुल्होको आयात परिणाम एक लाख २० हजार २६८ थान पुगेको छ । आयात रकम पनि १९ करोड ४ लाख ६१ हजार रुपैयाँभन्दा धेरै छ ।