news-details
समाचार

Share this post!

अमेरिकाबाट पटक–पटक नेपाल आएर 'बाल यौन दुराचार' 

काठमाडौं  । प्रहरीले बाल यौन दुरचार गरेको आरोपमा कास्की जिल्लाको पोखराबाट एक अमेरिकन नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६६ वर्षीय मिक्कल नर्मन ट्रेलर छन्। बाल यौन दुराचारको अभियोगमा जाहेरी परेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पोखरा–१८ सेदी स्थितमा रहेको होमस्टेबाट पक्राउ पक्राउ गरेको हो। उनी अमेरिकामा रहँदा देखि नै बाल यौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकाहरुसँग नियमित सम्पर्क रहेको खुलेको ब्यूरोले जनाएको छ। उनीविरुद्ध तीन जना बालबालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएको बुझिएको छ। सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको खुलेको प्रहरीले जनाएको छ। बाल यौन दुराचार गरेको कसुरमा आवश्यक अनुसन्धान गरी कारबाही गर्न उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाइएको ब्यूरोले जनाएको छ। उनको साथबाट प्रहरीले चार हजार ६ सय अमेरिकी डलर, ल्याप्टप फोनलगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।