news-details
समाचार

Share this post!

बेपत्ता भएका ७ जना भारतमा भेटिए

महोत्तरी । जिल्लाबाट बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा फेला परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले उनीहरु भारतको सीतामढीमा फेला परेको जानकारी दिए । बेपत्ता भएकाहरुको अभिभावक  र प्रहरी टोली त्यहाँ पुगेको बताउँदै उनले नेपाल ल्याउने काम भइरहेको बताए । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा खोजबिन गर्दा फेला परेका हुन् । घाँस काट्न गएका भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका उनीहरु मंगलबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए ।  उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किएपनि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।  सम्पर्कविहीन भइ हाल भारतमा भेटिएकाहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् ।