news-details
मनोरन्जन

Share this post!

फिल्म ‘कृष्ण लिला’को रिलिज अन्यौलमा 

काठमाडौंँ । ‘कृष्ण लिला’ २७ चैत्रबाट प्रदर्शनमा आउने फिल्म हो । नयाँ वर्षको अवसर पारेर रिलिज हुन लागेको यो फिल्म रिलिज हुन्छ, हुँदैन अझै अन्यौल छ । पछिल्लो समय कोरोनाको कहर फेरि बढ्न थालेकोले फिल्म रिलिज गर्ने वा नगर्ने निर्णय लिन निर्मातालाई कठिन परिरहेको छ । हुन त यही मितिमा रिलिज हुने भनिएको अन्य दुई फिल्म ‘मनसँग मन’ र ‘लप्पन छप्पन २’ले आफ्नो रिलिज स्थगित गरिसकेका छन् । तर ‘कृष्ण लिला’ले भने न  रिलिज स्थगित गरेको, न त रिलिजको लागि प्रचार प्रचारनै थालेको छ । अहिलेको समयमा फिल्म रिलिज गर्ने नगर्ने निर्णय लिन आफूलाई कठिन परेको निर्माता रोहित कट्टेलले बताए ।