news-details
मनोरन्जन

Share this post!

फातिमालाई कोरोना संक्रमण

काठमाडौं। ‘दंगल गर्ल’ की अभिनेत्री फातिमा सना शेखलाई कोरोना संक्रमण भएको छ। इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै उनले आफु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन्। कोरोना संक्रमित भएपछि उनी घरमै क्वारेन्टिनमा बसेकी छिन्। अभिनेता अनिल कपुरसँग एक चलचित्रको छायांकनको क्रममा उनी कोरोना संक्रमित भएकी हुन्। यसअघि आमिर खान, परेश रावल, कार्तिक आर्यनलगायतका बलिउडकर्मी कोरोना संक्रमित भएका छन्।