news-details
मनोरन्जन

Share this post!

सारा अली खान फेरि ट्रोलको सिकार

एजेन्सी । बलिउड नायिका सारा अली खान आफ्नो ड्रेसिङ सेन्सको विषयमा धेरैजसो चर्चामा रहन्छिन् । उनी एकपटक पुनः आफ्नो ड्रेसको विषयमा चर्चामा छिन् । वास्तवमा सारा अली खानले चर्चित डिजाइनर मनिष मल्होत्राको ब्याकलेस ड्रेस (ब्याकलेस लेहेङ्गा ब्लाउज) लगाएकी छिन् । त्यसपछि सोसल मिडिया प्रयोगकर्ताले उनको बेस्सरी ट्रोल गरेका छन् । यसका साथै प्रयोगकर्ताले मनिष मल्होत्रालाई पनि ट्रोलिङ गर्न छोडेनन् । सेलिब्रिटी फोटोग्राफर विरल भयानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा तीन तस्बिर सेयर गरेका हुन् । पहिलो तस्बिरमा उनी ब्याकलेस लेहेङ्गा ब्लाउजमा आफ्नो पिठ्यूँ देखाइरहेकी छिन् । दोस्रो र तेस्रो तस्बिरमा उनले भिन्न भिन्न पोज दिइरहेकी छिन् । विरल भयानीले आफ्नो पोस्टमा सारा अली खानले मनिष मल्होत्राद्वारा डिजाइन गरिएको ड्रेस लगाएको जानकारी दिएका छन् ।