news-details
समाचार

Share this post!

काठमाडौंको माकलबारीमा यसरी हुन्छ ''युवती र बालीकाहरु''को मोलमोलाई 

भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले बालिका तथा युवतीलाई यौनदासी बनाउने एक समुहलाई पक्राउ गरेको छ । उक्त समुहले आर्थिक अवस्था कमजोर भएका ज्याला मजदुरी गर्ने बालिका तथा युवतीहरुलाई काठमाडौमा कपडा पसल लगायतमा काम लगाई दिने प्रलोभन दिने गरेको प्रहरी अनुुसन्धानमा खुल्न आएको छ । 
बालिका तथा युवतीहरुलाई श्याम कुमार भट्टराईको सम्पर्कमा र्पुयाउने र भट्टराईले बालिका तथा युवतीहरुलाई शहरी फेसनको कपडा खरिद गरी लगाउन लगाई खाना, बस्न सुविधाका साथै मादक पदार्थ समेतको लतमा फसाउने गरेका थिए । भट्टराईले विद्युतिय उपकरणको मार्फत बालिका तथा युवतीहरुको फोटो होटल तथा लजका सञ्चालक तथा प्रबन्धकलाई देखाउने । 

होटल मालिकले आउने ग्राहकहरुलाई उक्त फोटोहरु ग्राहकको रोजाई अनुसार भट्टराई आफैले तथा अन्य भाडाका ट्याक्सी, पठाओ चालक मार्फत सम्बन्धित होटलमा बालिका तथा युवतीहरुलाई पठाउने गरेको प्रहरी अनुुसन्धानमा देखिएको छ । उक्त समुहले करणी गर्न बाध्य बनाउने गरेको साथै प्रारम्भिक चरणमा यौनजन्य क्रियाकलाप गर्न अनिच्छुक रहेका बालिका तथा युवतीहरुलाई फकाई फुल्याई प्रलोभनमा पार्ने, सो गर्दा नमानेमा डर, धाक, धम्की  दिने गरेको पीडितले प्रहरी समक्ष बयान दिएका छन् । 

घटना यस्तो छ, 
१६ वर्ष एक नाबालिको परिवार ज्याला मजदुरी गरेर भक्तपुरमा बस्दै आईरहेको छ । उनकी आमालाई सिन्धुली घ्याङ्गलेख गाउँपालिका–३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने १८ की मसेली भन्ने सुहाना तामाङ्गले बालिकाकी “तपाईको छोरीलाई काम मिलाई दिन्छुु” भनिन् । 
कपडा पसलमा छोरीलाई काम मिल्ने आशामा आमाले छोरीलाई सुुहानाको साथ लगाएर पठाईन् । तर, त्यो कुराको रहस्य केहीदिनमै सार्वजनिक भयो । यहिँ चैत १२ गते बालिकालाई लिएर गएकी सुुहानाको कर्तुत १८ गते खुल्यो । १६की पिडित बालिका श्याम कुमार भट्टराई र सुहाना तामाङ नभएको मौकामा अन्य युवतीहरुलाई समेत झुक्याई भागी अभिभावकको सम्पर्कमा आएपछि घटनाको वास्तविकता बाहिर आएको थियो । 

तामाङले काठमाडौमा कपडा पसलमा काम लगाईदिने भनि फकाइ लिई गइन् । उनको पहिलादेखि नै सिन्धुली जिल्ला सुुनकोशी गाउँपालिका ७ घर भई हाल गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने २४ को सरगम भन्ने श्याम कुमार भट्टराई मिलेर फ्ल्याट भाडामा लिएको प्रहरी अनुसन्धानमा खुलेको छ । 
“आफुले राखेका बालिका तथा अन्य महिलालाई होटलमा आएको ग्राहकसंग जवरजस्ती करणी गर्न लगाउने गरेको खुल्न आएको छ,” महानगरिय प्रहरी परिसर भक्तपुर सूूचना अधिकारी डीएसपी दिपक गिरीले भने । 


पिडित बालिकाको बाबुले बुुधबार महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएको मानव बेचबिखन तथा ओसार पसार र जवरजस्ती करणीको किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ललाई फकाई कपडा पसलमा काम लगाई दिन्छु भनि अभिभावक समेतलाई विश्वासमा पारी बालिकालाई लिएर जाने तामाङ र कतै भाग्न उम्किन नदिई यौन धन्दामा लगाउने भट्टराईलाई कानून बमोजिम पक्राउ गरेको छ । बालिकाहरुलाई राखी होटलमा र्पुयाई मानव बेचबिखन तथा ओसार पसार गरी जवरजस्ती करणी गराउन लगाउको फल्याटमा तलासी लिदाँ यौनसम्पर्क गर्दा आवश्यक पर्ने अस्थायी साधन समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । 
उक्त स्थानमा युवतीहरुलाई खान, बस्न, सुत्न मिल्ने गरी व्यवस्थापन गरेको सामुहिक रुपमा राखी यौनजन्य कार्यमा लगाउने गरेको डीएसपी गिरीले बताए । 
प्रहरीले थप अनुसन्धानबाट  बालिकालाई पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजल भन्ने होटलमा जवरजस्ती करणी भएको भन्ने खुल्न आएको छ । 
साथै प्रहरीले होटल संचालक प्रकाश ढुंगेल र मुना थापा मगरलाई कानून बमोजिम नियन्त्रणमा लिईएको छ । जवरजस्ती करणी गर्ने राजकुमार सुनारलाई प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरिक्षक भगवती तिमिल्सेनाको कमाण्डमा खटिएको टोलीले काठमाडौ गागलफेदीबाट पक्राउ गरेको हो । ''बारेमा अनुसन्धान कार्य भईरहेको छ ''  परिसरका सूचना अधिकारी डीएसपी गिरीले भने ।