news-details
अन्तरास्ट्रिय

Share this post!

भारतमा २४ घण्टामा १ लाखभन्दा बढी कोरोना संक्रमित भेटिए


भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ९ सय ९४ नयाँ संक्रमित भेटिएका छन् । यो एकदिन भेटिएको सबैभन्दा उच्च संक्रमित हो । यसअघि १६ सेप्टेम्बरमा ९७,८६० नयाँ बिरामी भेटिएका थिए । पछिल्लो २४ घण्टामा ५२,८४० बिरामी ठिक भए भने ४७७ को मृत्यु भएको छ । सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा पनि सर्वाधिक ५०,४३८ को वृद्धि भएको छ । भारत संसारको एक्लो देश हो जहाँ पछिल्लो २४ घण्टामा १ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । हुन त भारत भरी यो महामारी भयावह भइरहेको छ तर महाराष्ट्रमा पूर्ण रुपमा अनियन्त्रित भइसकेको छ ।महाराष्ट्रमा नयाँ संक्रमितको आँकडाले हरेक दिन नयाँ रेकर्ड छोइरहेको छ । आइतबार राज्यमा ५७,०७४ संक्रमित भेटिएका छन् ।