news-details
अन्तरास्ट्रिय

Share this post!

सबैभन्दा लामो दूधे दाँत

क्यानडामा एकजना १० वर्षे बालकले संसारकै सबैभन्दा लामो दूधे दाँतको विश्व कीर्तिमान कायम गरेका छन् । ल्यूक बोल्टन नामका ती बालकको २.६ सेन्टिमिटर लामो दुधे दाँत निकालिएको हो ।क्रिस म्याक आर्थर नामका डाक्टरले सन् २०१९ मा उक्त दाँत निकालिदिएका थिए । त्यतिबेला बोल्टन ८ वर्षका थिए । गिनिज बुकमा नाम दर्ज गराउने प्रयोजनका लागि उनको उक्त दाँत सुरक्षित राखिएको थियो ।अन्ततः गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले उनलाई विश्वकै लामो दुधे दाँतको कीर्तिमानी प्रमाणपत्र प्रदान गरेको हो ।बोल्टनभन्दा अगाडि यो कीर्तिमान अमेरिकाको ओहियोका कुर्टिस ब्याड्डी नामका १० वर्षीय बालकको नाउँमा थियो । उनको निकालिएको दाँत २.४ सेन्टिमिटर रहेको थियो ।