news-details
समाचार

Share this post!

अब २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । कोरोना भाइरस संक्रमण केही दिनदेखि बढेपछि सरकारले २५ जनाभन्दा बढी भेला हुने सबै ठाउँ बन्द गर्ने भएको छ। जनस्वास्थ्यका मापदण्डहरूलाई पालना गराउँदै संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले उक्त कदम चाल्ने भएको हो।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण केन्द्रलाई निर्णय गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिफारिससमेत गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनका अनुसार फिल्म हललगायत बन्द गर्नुपर्नेछ।