news-details
समाचार

Share this post!

मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न मिल्ने 

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको हो । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरिएको जानकारी दिए । भटराईले यसअघि नै अनलाईन सेवा प्रदायक संस्थाहरूबाट सिधै ट्राफिक जरिवाना भुक्तानी शुरु भैसकेको र त्यसैलाई निरन्तरता दिँदै अझ बढि सहज, सरल र सुविधायुक्त बनाउन आजदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरि सेवा विस्तार गरेको जानकारी दिए । यसले आम सवारी चालकहरुलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनुपर्ने बाध्यताको अन्त्य हुने र ट्राफिक कार्यालयमा हुने भीडभाडमा समेत कमी आउने उनले बताए ।