news-details
अन्तरास्ट्रिय

Share this post!

म्यान्मारमा सेनाद्धारा एउटै शहरका ८० जनाको हत्या 


एजेन्सी । केही महिना यता म्यान्मारमा सेना र जनातको भिडन्त भइरहेको छ । सेनाले सत्ता कब्जामा लिएपछि हिंसात्मक प्रर्दशनको कारण देशहका धेरै शहरमा अशान्ति मच्चिरहेको देखिन्छ । बागो शहरमा सेनाले ८० भन्दा धेरै प्रदर्शनकारीको हत्या गरेको अभियन्ताहरुले जनाएका छन् । शुक्रबार सेनाले यहाँ प्रदर्शनकारीमाथि गोली चलाएको हो ।


सेनाले मृतकको शवलाई आफैं लिएर गएकाले मृत्यु हुनेको यकिन संख्या खुल्न सकेको छैन । हिंसा चर्किएपछि यस शहरबाट ठूलो जनसंख्या अन्यत्र सरेको छ ।  प्रत्यक्षदर्शीहरुका अनुसार सेनाले ठूला हतियारहरु प्रयोग गरेका थिए, उनीहरुले प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाए । 

पर्यवेक्षक संस्था राजनीतिक बन्दी सहयोग संघ (एएपीपी) का अनुसार मारिनेको संख्या यो भन्दा धेरै हुनसक्छ । म्यान्मार नाउ न्युजले सेनाको यस बर्बरता जातिय नरसंहारजस्तै रहेको टिप्पणी गरेको छ । सैनिकहरुले छायाँ देखिएका हरेक ठाउँमा गोली चलाएको उसको टिप्पणी छ । फेब्रअरीमा सैनिक कु भएयता म्यान्मारमा जननिर्वाचित सरकार पुनस्र्थापित हुनुपर्ने मागसहित आन्दोलन जारी छ । यस प्रदर्शनका क्रममा ६ सयभन्दा धेैरे मारिएका छन् ।