news-details
समाचार

Share this post!

पूर्वराजा ज्ञानेन्द्र हरिद्वार पुगे

काठमाडौं । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह हरिद्वार आइपुगेका छन् । हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान ९ बजे वैदिक मन्त्रोच्चारण साथ पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको छ। समाचार तयार पार्दा शाह माँ दक्षिणकालीको पूजा अर्चना गर्दैछन् । उनको पूजा अर्चन कार्यक्रम झन्डै ४५ मिनेट चल्ने छ । यसभन्दा अघि पूर्व राजाले त्यहाँ पुगेका नेपालीहरुसँग भेटघाट गरेका थिए । नेपालबाट आएका पत्रकारहरुसँग बसोबासको व्यवस्थाबारे चासो लिएका थिए । अखिल भारतीय अखाड़ा परिषदका अध्यक्ष श्री महंत नरेंद्र गिरी एवं  मनसादेवी मन्दिर ट्रस्टका  अध्यक्ष श्री महंत रविन्द्र पुरी लगायतका अन्य थुप्रै साधु संतले उनलाई स्वागत गर्दै आशीर्वाद दिने छन् । ज्ञानेन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गर्ने छन् । उनी आज र भोलि हरिद्वारमै रहने कार्यक्रम छ । आज साँझ उनको दश हजार साधु सन्यासीसँग भोजन गर्ने पनि कार्यक्रम रहेको छ ।