news-details
समाचार

Share this post!

प्रचण्ड पत्नी सीताको भावुक बनाउने तस्वीर

काठमाडौं । नेकपा एकिकृत माओवादीका अध्यक्ष प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरे । आमा क्याप्सन लेखेर सार्वजनिक गरेको सीताको अवस्था नाजुक जस्तो दखिएको छ । बिरामी भएर सुतेकी आमा सीता दाहालसँग छोरी गंगाले आमा र दिदी रेणु दाहालसहित ३ जनाको ‘सेल्फी’ फोटो लिएकी हुन् । फोटोमा सीता दाहाल पहिले भन्दा दुब्लाएको देखिन्छ । सो फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको कामना गरेका छन् ।