news-details
अन्तरास्ट्रिय

Share this post!

भारतबाट नेपालतर्फको हवाई टिकट पाउनै मुस्किल, टिकटको मूल्य ३० हजार पुग्यो


काठमाडौं। पछिल्लो समय भारतबाट नेपालतर्फको उडानमा टिकट पाउनै मुस्किल पर्न थालेको छ। भारतीय एकाएक नेपालतर्फ आउन थालेपछि दिल्ली–काठमाडौं उडानमा टिकट पाउनै मुस्किल बनेको हो।
खासगरी, भारतमा कोरोना संक्रमण बढ्दै जाँदा खाडी मुलुकले भारतसँगको सिधा उडान रोकेका छन्। जसकारण, खाडी मुलुकमा रोजगारीमा जाने भारतीय नेपाल आउँदै त्यसतर्फ जान लागेका हुन्।
नेपाल आउनेको संख्या बढेपछि टिकटको मूल्य ३० हजारसम्म पुगेको छ।