news-details
अन्तरास्ट्रिय

Share this post!

म्यानमारी सेनाले प्रर्दशनकारीको शवबाट समेत पैसा उठाउँदै


काठमाडौं। म्यानमारी सेनाले प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै भएका प्रदर्शनमा मारिएका प्रदर्शनकारीको शव परिवारले ८५ अमेरिकी डलर (एक लाख २० हजार म्यानमारी क्याट) बुझाएपछि मात्र पाउने भएका छन्। म्यानमारको सेनाले यस्तो नियम बनाएको बागो विश्वविद्यालय युनियनका विद्यार्थीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ। शुक्रबार म्यानमार भएको प्रदर्शनमा मारिएका ८२ जना प्रर्दशनकारीको शव बुझ्न गएका सम्बन्धित परिवारसँग सेनाले ८५ अमेरिकी डलर मागेको जनाइएको छ।