news-details
समाचार

Share this post!

चाँगुनारायणका बास्तोलाको अमेरिकामा मृत्यु

चैत ३०, 
भक्तपुर । चाँगुुनारायण नगरपालिका वडा नम्बर ६, बास्तोलागाउँ घर भइ विगत ५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका एक युुवकको सडक दुुर्घटनामा निधन भएको छ । सपरिवार अमेरिका बसोबास गर्दै आएका २४ वर्षका सुुविन बास्तोला सवार कार यहिँ चैत १२ गते सडक दुुर्घटनामा परेको थियो । २०७२ साल असारमा उनी नेपालबाट अमेरिका गएका थिए । कलेजको पढाई सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठक्कर दिएको थियो । 
माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान (नेपाली समय अनुसार) भतिज सुुविनको निधन भएको अंकल सुरज बस्तोलाले बताए । 
ओहायोमा भएको कार दुर्घटनामा घाइते बास्तोलाको आईसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको हो । 
भक्तपुर तेलकोटको बास्तोलागाउँ स्थायी घर भएका बास्तोला हालैमात्र बोष्टनबाट ओहायोको ब्ल्याकलिकमा बसाई सरेका थिए । 
ओहायो स्टेट युनिभर्सिटीमा सुरक्षा र खुफिया विषयमा अध्ययनरत उनी आगामी डिसेम्बरमा दिक्षित हुदै थिए । अमेरिकामा बास्तोलाका आमा, बा, बहिनी रहेका छन् ।