news-details
समाचार

Share this post!

बसले मोटरसाइकललाई ठक्कर दिदाँ एकको मृत्यु, दुईको अवस्था गम्भीर

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।बसको ठक्करले मोटरसाइकलमा सवार त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठको खाडिचौरको सदावहार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।काठमाडौंबाट दोलखा जादै गरेको बा ३ ख ९६५८ नम्बरको अरनिको यातायातको बसले खाडिचौरबाट आउँदै गरेको ६९८७ नम्बरको मोटरसाइकलाई विपिरत दिशामा गएर ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् । गम्भीर घाइते सोमबहादुर श्रेष्ठलाई उपचारको लागि काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको छ, भने सानो बच्चाको पनि उपचार भैरहेको छ।