news-details
अर्थतन्त्र

Share this post!

सुनको मूल्य घट्यो 

काठमाडौ । मंगलबार २०७७ सालको अन्तिम दिन । आजको दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ।  यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।