news-details
मनोरन्जन

Share this post!

असोज १ मा ‘चुरीफुरी’ प्रदर्शनमा आउने तयारी 

काठमाडौं । समसामयिक हास्य कथामा निर्माण गरिएको फिल्म ‘चुरीफुरी’ २०७८ सालको असोज १ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्देशक ऋषिराज आचार्यले सामाजिक सञ्जालमा फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएका हुन्। फस्र्टलुक पोस्टरमा डेब्यु हिरो अभिषेक श्रेष्ठका साथमा डेब्यु हिरोइनहरू पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङ अनि रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम , पवन खतिवडा  र शूरवीर पण्डित छन्। फिल्ममा उनीहरूका साथमा ऋतु आचार्य, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल , कमल सिंह, सरिष्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायतका कलाकारले अभिनय गरेका छन्। 

आरबी मुभिजको ब्यानरमा निर्देशक स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्म राहुल राईले खिचेका हुन्। विमला भुसाल, राजेन्द्र खाती र शिव थापा सहनिर्माता रहेको फिल्मका गीतमा दीपक शर्माको संगीत, समीर आचार्य, विश्व नेपाली र बेनिसा पौडेललको स्वर छ। भीमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्ममा विजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ।