news-details
अर्थतन्त्र

Share this post!

नयाँ वर्षको मनाउन नगरकोटमा पाहुुनाको चहलपहल बढ्यो

नगरकोट । नयाँ वर्षको पूर्वसन्धामा पर्यटकिय क्षेत्र नगरकोटमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल देखिएको छ । कोरोनाको त्रास केही देखिएपनि होटलहरुमा पर्यटकको बुकिङ्ग राम्रो भएको होटल व्यवसायीहरुले जानकारी दिएका छन् । स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्दै नगरकोटका होटल पाहुनाको स्वागतमा जुटिसकेका छन् । होटलमा बस्ने आउनेहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिन हरेक होटलले मुख्य प्रवेशद्वारमा नै सेनेटाइजरको व्यवस्था गरेका हुन् । होटल क्लब हिमालयका ज्ञानु वाइवाले होटल पूर्ण बुकिङ्ग भएको बताए । उनले भने “हामीले पाहुनाहरुलाई रोजाई अनुसारको प्याकेज उपलब्ध गराएका छौं । ”उनका अनुसार होटलले १५, १६, १८ हजार रुपैयाँको प्याकेज जोडीलाई राखेको छ । होटलले खाना, नास्ता, सांगितिक कार्यक्रम त्यसमा समेटेको छ ।

होटल मेरिगोल्डका संचालक गोकुल लामिछानेका अनुसार सोधखोज र जानकारी लिने धेरै भएका र बुकिङ्ग मध्ययम रहेको छ । उनको होटलले ४५ सयदेखि ६ हजारसम्मको प्याकेज बनाएको छ । जसमा पाहुुनाले आफ्नो रुचि अनुसारको कोठमा बस्न सक्नेछ ।  यता तारे स्तरको होटल मिस्टीक माउण्टेनका प्रोर्पटी म्यानेजर धिरज तामाङ्गले पनि होटल पूूर्ण बुुकिङ्ग भएको जानकारी दिएका छन् । यस होटलले पनि जोडीलाई १७ हजारको प्याकेज उपलब्ध गराएको छ । नगरकोटमा तारेदेखि साना गरेर ६७ वटा होटल संचालन रहेका छन् । ती होटलमा कार्यरत रहेका १ हजार ३ सय जना कर्मचारी र श्रमिकहरुको काम गर्दै आइरहेका छन् ।