news-details
समाचार

Share this post!

ठेकेदारले काम नगरेको भन्दै, स्थानीयद्धारा नगरकोट जाने सडक बन्द

भक्तपुर । सैलुङ कंस्ट्रक्सन ठेक्का पाएको करिब ८ वर्ष सम्मपनि भक्तपुर–नगरकोट सडकको काम सम्पन्न गर्न नसकेपछि स्थानीयहरुले विरोध गरेका छन् । बिहिबार स्थानीय बासिन्दाहरुले तेलकोट फेदिमा सडकमा बार नै लगाएर बन्द गरेका हुन् । पटक–पटक म्याद थप गर्दै आएकपनि उच्च राजनितिक पहुँच भएका ठेकेदार शारदा प्रसाद अधिकारीले काम समयमा नसकेको भन्दै स्थानीयहरुले विरोध गरेका हुन् । स्थानीय दिनेश लामिछानले भने “हाम्रो विशुद्ध अरु माग केही छैन सडक पिच गरेर जाउँ ।”  बारम्बार वार्ता  गर्ने तर, काम नगर्ने भएकाले बाध्य भएर आन्दोलन गर्नु परेको उनको भनाई छ । करिब १६ किलोमिटर लम्बाईको भक्तपुर–नगरकोट सडक खण्ड २०७१ असार २ गते सैलुङ एआइपिएल जेभीसँग ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको थियो ।
सैलुङ कन्ट्रक्सनका प्रमुख अधिकारी नेकपा एकिकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् ।