news-details
समाचार

Share this post!

 लिफ्ट मागेकै युवतीले पाकेटमारेपछि.....

काठमाडौं । मोटरसाइकलमा लिफ्ट मागेर पाकेटमार गरेको अभियोगमा रामेछापमा एक युवती पक्राउ परेका छन। मन्थली नगरपालिका ६ की २१ वर्षीया लक्ष्मी भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज ढुंगानाले जानकारी दिए। उनले एक जना ब्यक्तिलाई  मोटरसाइकलमा लिफ्ट मागी २३ हजार ५ सय रुपैयाँ पाकेटमार गरेको प्रहरीले बताएको छ। पाकेटमार गरे लगत्तै पक्राउ परेकी उनको साथबाट प्रहरीले सो रकम बरामद गरेको छ।  मुलुकी संहिता अनुसार  १० हजार भन्दा बढी बगली मारेमा चोरि गरे सरह सजाय हुने व्यवस्था छ। पक्राउ परेकी महिलालाई  विहीबार म्याद थपको लागि अदालतमा पेश गरिएको छ।